१३औं साग:तेक्वान्दोमा भारत पनि सहभागी हुने

Posted on: 28 Nov, 2019

मङ्सिर १२, काठमाडौँ | १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजक नेपाललाई भारतीय तेक्वान्दो खेलाडीलाई सहभागी गराउन पत्राचार गरेपछि भारत पनि सहभागी हुने भएको छ |

मंसिर १५ देखि नेपालमा हुने १३औं सागको खेलाडी दर्ता मिति ८ दिनअघि सकिएको छ |  तर भारतले तेक्वान्दो, कराते र आर्चरीमा दर्ता मितिको म्याद सकिएपछि सहभागी गराउन नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गरेको थियो |भारतले कराते र आर्चरीमा सहभागिताका लागि नेपाल ओलम्पिक कमिटीलाई आग्रह गरे पनि उक्त प्रयास असफल भएको छ | कराते र आर्चरीमा अन्तरिक विवादका कारण भारतले दक्षिण एसियाको कुम्भमेलामा सहभागिता जाउन सकेन |

दक्षिण एसियाली आर्चरी महासंघले भारत सहभागी हुन नपाउने निर्णय गरेको थियो | तेक्वान्दोमा अन्तर्राष्ट्रिय ओललम्पिक कमिटी र विश्व तेक्वान्दोको पत्राचार गरेकाले भारतले प्रतिस्पर्धा गर्न पाउने भएको हो | यसपटकको सागमा तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!