साग महिला भलिबलमा नेपाली टोली सेमिफाइलनमा प्रवेश

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौं | दक्षिण एसियाली खेलकुद (साग) मा भलिबल तर्फ नेपाल सेमिफाइलनमा पुगेको छ | नेपाल समूह ए को उपवजेताका रुपमा सेमिफाइनलमा पुगेको हो |  भारतले बंगलादेशलाई ३ - ० को सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइलनमा स्थान बनाएको छ |

हिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भने भारतसँग हार व्यहोरेको थियो | नेपालले अब सेमिफाइलनमा समूह बी को विजेतासँग प्रतिष्पर्धा गर्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!