१३औं साग: नेपालले जित्यो तेस्रो स्वर्ण पदक

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक हात पारेको छ |

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै  कमल श्रेष्ठले स्वर्ण जितेका हुन् | उनले ८.२७० अंक प्राप्त गरे, ८.२०० अंक प्राप्तगरी भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक प्राप्त गरेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् |

यो संगै १३औं सागमा नेपालले  तीन स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!