१३ औं सागमा नीमा घर्ती मगरले जितिन् स्वर्ण, कति स्वर्ण जित्यो नेपालले ?

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौं | नेपालमा जारी रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नीमा घर्तीमगरले स्वर्ण पदक हात पारेकी छन् | बिहिबार बिहान उनले नान्छवान अल राउन्डमा  स्वर्ण पदक जितेकी हुन् |

त्यस्तै बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् |उनले सागमा जितेको यो दोश्रो स्वर्ण हो | स पनि अघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् | 

योसँगै नेपालले १३ औं सागमा हालसम्म  ३० स्वर्ण जितिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!