माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजयी, कसले कति रन् हाने ?

Posted on: 06 Dec, 2019

मंसिर २०, काठमाडौँ | नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा  पुरुष क्रिकेट तर्फ माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजय भएको छ | खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनायो |

तर  माल्दिभ्सले  निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सफल भयो | माल्दिभ्सका लागि मोहमद रिसवान र मोहम्मद आजमले समान १३ रन बनाए भने अली इभानले ११ रन बनाए |बलिङतर्फ नेपालका सुशान भारी र ललित राजवंशीले समान दुई विकेट लिए | नेपालका लागि करन केसीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए । उनले १६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा उक्त रन बनाएका हुन् |

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरे भने विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!