माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले जित्यो काश्य पदक

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौं | नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ | सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले  माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै काश्य जितेको हो |

नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य भेट्टायो | पालका लागि आरिफ शेखले ३२ रन कप्तान ज्ञानेन्द्र मल्लले २२ रन र विनोद भण्डारीले १२ रन बनाए | 

माल्दिभ्सले टस हारेर ब्याटिंग गरेको थियो भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन् बनायो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!