१३ औं सागमा नेपालले भारतसँग हारेपछि प्रशिक्षकबाट हरि खड्काले दिए राजीनामा

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल भारत सँग पराजित भएपछि राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् | आइतबार भएको खेलमा नेपाल भारत सँग पराजित भएपछि उनले प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् |

आफुले नैतिकताको आधारमा राजिनामा दिएको उनले बताएका छन् | महिला फुटबलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको हो | नेपाले रजतमा चित्त बुझाएको छ | ११ औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जितेको छैन | 

अघिल्लो सागमाआयोजक भारतसँग २-१ ले पराजित हुँदा नेपालको स्वर्ण सपना अधुरै रहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!