१३ औं सागको फुटबलमा भुटानलाई २-१ ले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन

Posted on: 10 Dec, 2019

 मंसिर २४ काठमाडौँ | नेपालमा जारी १३ औ सागको फुटबल फाइनलमा नेपाल च्याम्पियन बनेको छ | भुटानलाई २-१ गोलले पराजित गर्दै मंगलबार नेपालले स्वर्ण जितेको हो | नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले गोल हानेका थिए |


कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन् | खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काए | भने खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल हाने |


तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!