पूर्व धावक अक्कल बोहोरा द्वारा खेलाडीलाई जुता सहयोग

Posted on: 20 Dec, 2019

दान बहादुर बुढा | पुस, ४ मुगु | नेपालको विकट हिमाली जिल्ला मुगुमा जन्मिएका पूर्व धावक अक्कल बोहोराले खेलाडीलाई जुता सहयोग गरेका छन | बोहोरा अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् |

उनी अहिले पनि स्पेंनमै बस्दै आएका छन् | भखरै नेपाल दक्षिण एसियाली खेलमा नेपाल सशत्र प्रहरी बलबाट खेल खेलेर सफल बिजेताहरुलाई सम्मान स्वरूप जुता सहयोग गरिएको हो | बिगतमा यही सशत्र प्रहरी बलबाट धावक बन्न सफल भएको बताउदै,अहिले सोही सस्थाबाट दक्षिण एशियालि खेलमा किरण बोगटी,बिजेता, गोपालचन्द्र पार्की स्वर्ण र पुस्पा भण्डारी रजत बिजेतालाई उनले प्रति व्यक्ति एक एक जोड जुता सहयोग गरेका छन | 


दक्षिण एसियाली खेलमा नेपाल सशस्त्र प्रहरी बल र नेपालको शिर उच्च बनाएको हुँदा आफु देश बाहिर भएपनि खेल क्षेत्रको निकै माया लाग्ने भएकाले एक-एक जोडी जुत्ता दिएको हु, उनले भने | विगतमा आफुले खेल खेल्दा निकै दु:ख पाएको दिनहरुलाई सम्झेर आफुले भोगेको पिडाहरुलाई याद गरेर ३ जना खेलाडीलाई सानो सहयोगको रुपमा सहयोग गरेको हुँ |

प्रति जोड ३५ हजार सम्म मूल्य पर्ने जुता भएको पुर्व धावक बोहोराले बताएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!