चितवन द्वारा विराटनगरलाई २०३ रनको लक्ष्य

Posted on: 28 Dec, 2019

पुस १२, काठमाडौँ | पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले  विराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ | टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन जोड्न सफल भएको छ |


चितवनका लागि अनिल कुमार साह र रोहन मुस्ताफाले अर्धशतक प्रहार गरेका छन् | पोखरा रंगशालामा मुस्ताफाले ५० रन बनाएका छन् | उनी ओपनिङमा आए थिए | कप्तान पारस खड्कासँगै क्रिजमा आएका उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहारगरेका थिए | ४ बलमा अनिलले ३ चौका र ३ छक्काको मदतमा ५० रन जोड्न सफल भए | निल पुनित मेहराको बलमा क्याच भए |

आरीफ शेख १९ रनमा जाइद खानको बलमा जितेन्द्रमुखियामार्फत क्याच भए । सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए | विराटनगरका लागि जाइद खान र पुनित मेहराले २ –२ विकेट लिए | किशोर महतोको नाममा १ विकेट रह्यो | विराटनगरले केहि समयमा जवाफी ब्याटिङ गर्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!