अस्ट्रेलियामा जारी बिबिएलमा सिड्नीविरुद्ध सन्दीपले लिए २ विकेट

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) मा नेपालका युवा किर्केटर सन्दीप लामिछानेले २ विकेट लिएका छन् | १४‍ ओभरको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई १० रन र ड्यानियल ह्युजलाई १४ रनमा सन्दीपले आउट गरे | 

बर्षाको कारण खेल १४ ओभरमा झारेको थियो | सन्दीपले ३ ‌ओभरमा २ विकेट लिँदा ३८ रन दिए | भने उनले १ चौका र ४ छक्का प्रहार गरे | सिड्नीले खेलमा १४  ओभरमा १४३ रन  बनायो | मेलवर्नले १४७ रनको नयाँ लक्ष्य पायो |

मेलवर्नले १४ ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्र समेट्न सक्यो | खेल सिड्नीले डिएल मेथडमा २१ रनले जित्यो | लिगमा मेलवर्न ११ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ | उक्त लिगमा सन्दीपले ११ खेल खेल्दा १४ विकेट लिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!