नेइमारको मूल्य बढेर ३० अर्ब पुग्यो

Posted on: 03 Jul, 2016

neymar-barcelona

असार १८, (काठमाडौँ) | नेइमारले बार्सिलोना नछोड्ने भएका छन् । उनले थप पाँच वर्षको नयाँ सम्झौता गरेको क्लबले जनाएको छ । ब्राजिलका कप्तान नेइमारलाई बार्सिलोनाबाट किन्न चाहनेले दुई सय ५० मिलियन (३० अर्ब ४८ लाख नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ ।

अनुबन्धको पहिलो वर्षमै किन्न चाहनेले दुई सय मिलियन युरो तथा दोस्रो वर्ष किन्न चाहनेले दुई सय २२ मिलियन युरो तिर्नु पर्ने शर्त राखिएको छ । त्यसपछि किन्न चाहनेले दुई सय ५० मिलियन (३० अर्ब ४८ लाख नेपाली रुपैयाँ) तिर्नु पर्नेछ । नेइमारले सन् २०२१ सम्मका लागि सम्झौता गरेका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसीले २४ वर्षका नेइमारलाई अनुबन्ध गर्न चाहेका थिए ।

सन् २०१३ मा बार्सिलोनामा अनुबन्ध भएपछि अहिलेसम्म नेइमारले ला लिगाका ९३ खेलमा ५५ गोल गरेका छन् । नेइमारले ब्राजिलको राष्ट्रिय टिमबाट ७० खेलमा ४६ गोल गरेका छन् । नाउ क्याम्प आएपछि नेइमारले दुई ला लिगा, दुई कोपा डेल रे तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!