नेपालले दियो ओमानलाई २ सय ५० रनको लक्ष्य

Posted on: 09 Feb, 2020

माघ २६, काठमाडौँ |  विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ | आइतबार घरेलु मैदान किर्तिपुर स्थित त्रिविमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो |

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन जोडे | ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए |

प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो | शनिबार दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!