मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

Posted on: 23 Feb, 2020

फागुन ११, दार्चुला | मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व सन्ध्यामा पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा मार्मा गाउँपालिका अन्तर्गत रहेका छ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा लटिनाथ मावि रस्कोट, अपिपथ प्रदर्शक मावि शेरी, सल्लेधार मावि मुरै, तपोवन मावि पडपडा र दुर्गेश्वर मावि घोल्जरको सहभागिता रहेको छ । 


लटिनाथ मावि रस्कोटस्थित खेलकुद मैदानमा शुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर रिले दौड हुनेछ । यस्तै ४ गुणा १ सय र ४ सय ४ सय रिले दौड प्रतियोगिता राखिएको अपि पथप्रदर्शक मावि शेरीका शिक्षक विरेन्द्र महराले जानकारी दिनुभयो ।

यस्तै ज्याम्लीङ थ्रो, सटफुट, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्पका खेलहरु हुनेछन् । यस्तै कबड्डी र भलिवल प्रतियोगितामा विद्यालयहरुले सहभागिता जनाएका छन् । सबै खेलहरुमा छात्रछात्रा छुट्टा छुट्टै हुने छ । 

पछिल्लो समय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मार्सल आर्टसका खेलहरु समावेश गरिएको भएपनि मार्मामा भने कुनै पनि विद्यालयले यो खेलमा सहभागिता जनाएका छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!