एसीसी इस्टर्न रिजन टी- २० क्रिकेटमा नेपालको जित

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौँ | एसीसी इस्टर्न रीजन टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो जित हातपारेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्याण्डमाथि ९ विकेटको सानदार जित हातपार्न सफल भएको हो |

यसअघि पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो | साेमबार भएको खेलमा हङकङसँग पराजित भएको थियो ।

पहिले व्याटिङको रोजेको थाइल्याण्डले नेपाल सामू जितका लागि ६७ रनको विजयी लक्ष्य दिएको थियो । साे लक्ष्य नेपालले ५ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो | नेपालका लागि ओपनर कुशल मल्लले नटआउट ३६ रन बनाए भने पवन शर्राफले अविजित रहँदै २७ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रनको याेगदान दिएका थिए |

थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो  | थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने अविनास बोहोराले २ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र भुवन कार्कीले समान १/१ विकेट हात पारे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!