कोरोनाकाभाइरसका कारण इपिएल स्थगित

Posted on: 05 Mar, 2020

फागुन २२, काठमाडौँ | कोभिड-१९ अर्थात कोरोनाभाइरसका कारण एभरेस्ट प्रिमियर लिग (इपिएल)  स्थगित भएको छ | आगामी चैत १ देखि १५ गते काठमाडौंमा हुने (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको हो |

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले जानकारी दिए | उनका अनुसार विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गरिनेछ |

यसपटकको इपिएलमा  ६ टिमबिच प्रतिष्पर्धा हुने टी भएको थियो | इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओ'ब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी आउने बताइएको छ |

विश्वभरी फैलिरहेको कोरोनाभाइरसका कारण विभिन्न कार्यक्रमहरु स्थगित भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!