डडेल्धुराकी सरस्वतीले तोडिन २६ बर्ष लामो राष्ट्रिय किर्तीमान

Posted on: 13 Aug, 2016

ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौली घार बैतडी भई हाल डडेल्धुराकी सरस्वती भट्टराईले राष्ट्रिय किर्तीमान बनाएकी छिन् । 

नेपाली समय अनुसार आज बिहान सवा पाँच बजे भएको एथ्लेटिक्सको १५ सय मिटर दौड अन्तर्गत पहिलो राउण्डमा भट्टराईले २६ बर्ष लामो राष्ट्रिय किर्तीमान भङ्ग गरेकी हुन् । उनले १५ सय मिटरको दुरी ४ मनिट ३३ सेकेण्डमा पुरा गरेकी छिन् । उनले राजकुमारीको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आज बिहान भएको दौडमा उनी ओलम्पिक खेलको भने उक्त दौडको पहिलो राउण्डबाटै बाहिरीएकि छिन् । 

तीन समुहमा बिभाजन गरिएको उक्त प्रतिस्पर्धामा पहिलो प्रतिस्पर्धाका अन्य १३ जनासँग प्रतिस्पर्धा गरेकी सरस्वतीले एकजनालाई आफु भन्दा पछि पारेकी थिईन् । आफ्नो खेल बिद्याको १५ सय मिटरमा उनले ३७ औँ बरियता प्राप्त गरेकी छिन् । नेपाली सेनामा रहेकी धावक भट्टराई सुदूरपश्चिमकी चेली हुन् । उनको पहीले बैतडीको सकारमा भए पनी अहिले डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा हो । उग्रतारा उच्च माबि पोखरामा अध्ययन गरेकी भट्टराई नेपाली सेनाबाट नेपालको तर्फबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । केही दिन अघि रियो तर्फ प्रस्थान गर्ने क्रममा डडेल्धुरामा जन्मिएर विश्वमा आफ्नो खेल क्षमता देखाउन अवसरमा पाएकोमा आफु एकदमै खुसी भएको उनले प्रतिक्रिया थिईन । उनले पदक जित्ने सम्भावना कम रहेको तर राष्ट्रिय रेकर्ड तोड्ने बचन दिएकी पहिले नै दिएकी थिईन् । 

यस्तै सुदूरपश्चिमकै चेली निशा रावलले भने अबको आठ दिनपछि ओलम्पिक खेलमा सहभागिता जनाउँदै छिन् । तेक्वान्दोकी निशाले अबको २० अगस्टमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । सुदुरपश्चिमको बिकट जिल्ला अछामको कालिका गाविस स्थित सुगाली गाउँमा पुर्खौली घर रहेकी रावल हाल काठमाडौको थापाथलीमा बस्दै आउनु भएको छ । सुदूरपश्चिमबाट महिला तर्फ ओलम्पिकमा सहभागि निशा र सरस्वती पहिलो खेलाडि हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!