वतावरणमैत्री पुर्वान्चल स्तरीय फुटबलमा आज सेमीफाइनलका खेल हुँदै

Posted on: 25 Aug, 2016

प्रकाश धौलाकोटी | भदौ ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गस्थित टुंडिखेल मैदानमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमीफाइनल चरणका दुई खेल हुँदैछन् । 

सेमीफाइनल तर्फ पहिलो खेल एमवाईसी धरान र हिमालयन बहुउदेश्यीय सहकारी संस्था धनकुटाबीच अहिले ११ बजे बाट हुनेछ । यस्तै अर्को खेल इन्द्र दल गुल्म तेह्रथुम र आयोजक सिनियरबीच हुने खेल सन्चालन समिति संयोजक राजकुमार तुम्बाहाम्फेले बताउनुभयो । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा पुर्वाञ्चलका ३२ वटा टिम सहभागी थिए । प्रतियोगितामा विजेताले नगद १ लाख २० हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भाद्र २ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल भोलि हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!