प्रदेश स्तरीय भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल हुने

Posted on: 03 Sep, 2016

नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल आज हुने भएको छ ।

शुक्रबार भएको सेमि फाइनल खेलमा विरेन्द्र नगर नगरपालिका सुर्खेतलाइ हराउदै जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम र नारायण नगरपालिका दैलेखलाइ हराउदै चन्दननाथ नगरपालिका जुम्लाको टिम फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल आज बिहान ११ बजेपछि संचालन हुने भएको हो ।         

फाइनलमा आज जुम्ला र कालिकोट बिच हुने कडा प्रतिष्पर्धाको खेलमा उपाधि जित्ने टिमले १ लाख नगद रकम सहित ट्रफि प्रमाणपत्र सहित विजयी घोषित हुने भएको छ । यसैबिच आयोजकले आज फाइनल खेलपछि हुने औपचारीक कार्यक्रममा कर्णाली आन्दोलनका मृतक तथा घाइतेका परीवारलाइ सम्मान गर्ने भएकोे छ । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!