६ नं प्रदेश स्तरीय खुल्ला पुरुष भलिवल रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जुम्लालाई

Posted on: 03 Sep, 2016


नन्दराम जैशी/भदौ १८, जुम्ला । प्रदेश नम्बर ६ अन्तर्गत नगर स्तरीय दोस्रो खुल्ला पुरुष भलिवल रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि आयोजक चन्दननाथ नगरपालिका जुम्लाले जितेको छ । जुम्लामा आज सम्पन्न भएको कालिकोट र जुम्लाबिच फाइनल खेलमा २ का विरुद्ध ३ सेटले विजयि हुदै जुम्लाले उपाधि हात पारेको हो । लिगकम नकाउट चरणबाट खेलाइएको खेलमा कालिकोट र जुम्लाबिच फाइनलमा कडा प्रतिष्पर्धा भएको थियो ।        

 ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेसँगै जुम्लाले १ लाख नगद रकम सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जुम्लाका खेल प्रशिक्षक बरम बहादुर महतका अनुसार कालिकोटले द्धितिय उपाधि बाफत ७५ हजार नगद रकमका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

खेल अवधिभर भर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडि तथा जुम्ला जिल्लाका पुर्व महिला तथा पुरुष राष्टिय खेलाडिलाइ पनि पुरस्कृत गरिएको छ । यस्तै अनुशासित खेलाडीमा कालिकोटका धिर बहादुर शाही, वेष्ट रेजरमा कालिकोटका दिल बहादुर शाही, उत्कृष्ट स्ट्राईकरमा कालिकोटकै खेम बहादुर शाही पुरस्कृत हुनु भएको छ । भने उत्कृष्ट डिफेन्सरमा चन्दननाथ नगरपालिका जुम्लाका लक्ष्मी रावल र सर्बोत्कृष्ट खेलाडीमा जुम्लाका शन्देश शाही पुरस्कृत हुनु भएके छ ।     

 शुक्रबार भएको सेमिफाइनल खेलमा विरेन्द्र नगर नगरपालिका सुर्खेतलाइ हराउदै जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम र नारायण नगरपालिका दैलेखको टिमलाइ हराउदै चन्दननाथ नगरपालिका जुम्लाको टिम फाइनलमा प्रवेश गरेका थिए । फाइनल खेल शान्त र मर्यादीत रुपमा सम्पन्न भएकोमा स्थानियले खुशि ब्यक्त गरेका छन् । प्रतियोगितामा जुम्ला बासीको सहभागिता उल्लेख्य रहेको थियो । लामो समय पछि जुम्लामा नगर स्तरीय दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता भएकोले जुम्लाबासीको मोह भविबल प्रति बढ्दो क्रममा रहेको छ ।

 यसैबिच खेल आयोजकले फाइनल खेलपछि भएको औपचारीक कार्यक्रममा कर्णाली आन्दोलनका मृतक तथा घाइतेका परीवारलाइ पनि सम्मान गरेको छ । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो ।   भाद्र १६ गतेदेखि संचालन भएको प्रतियोगितामा ६ नं. प्रदेश अन्र्तगत ५ जिल्लाका ६ वटा टिमले सहभागिता जनाएका थिए । 

जसमा जुम्लाका २ वटा टिम तथा कालिकोट, जाजरकोट, सुर्खेत र दैलेखका ११ वटा टिमले भाग लिएका थिए । प्रतियोगिता संचालनका लागि कुल १० लाख ८७ हजार रकम खर्च भएको आयोजकले जनाएको छ । भने प्रतियोगिता संचालनका लागि जुम्लाका विभिन्न ब्यापारी तथा निकायले पनि आआफ्नो गक्ष अनुसार आर्थिक रकम सहयोग गरेका थिए ।

 प्रतियोगिताको औपचारीक कार्यक्रम पुर्व बन राज्य मन्त्री भक्त बहादुर रोकायाको प्रमुख आत्यिता तथा चन्दननाथ नगरपालिका जुम्लाका निमित्त कार्यकारी अधिकृत लोकेन्द्र महतको अध्यक्षतामा सम्पन्न भएको खेल संयोजक चेतन बहादुर रावतले बताउनुभयो ।  समापनका क्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य मनसुर सुनारले जुमलामा रहेका यस्ता खेलले सबैको व्यक्तित्व विकास हुने बताउनु भयो । 

विषेश अतिथि समेत रहनु भएका उहाँले चन्दननाथ नगरपालिका सभ्यताको प्रतिकको रुपमा विकसित हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै भालिबल संघका केन्द्रीय उपाध्यक्ष एैन बहादुर शाहीले मानिसको जीवन संघर्षको प्राय भएकाले भलिबल मार्फत खेलाडिलाइ संघर्ष गर्न आग्रह गर्नुभयो ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!