ह्याकरले नाङ्गो भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि युवतीको यस्तो जवाफ

Posted on: 24 Oct, 2016

पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक प्रोफाइलमा शेयर गरेकी छन् । 

उनले ईमेलमा स्क्रीनशट शेयर गर्दै लेखेकी छन् 'पछिल्लो २४ घण्टामा मलाई दुई इमेल आएको छ । कसैले मेरो गूगल ब्याकअप ह्याक गरेको छ । अब मलाई धम्कि आउन थालेको छ । मेरो प्राइभेट फोटोहरु मैले मेरो ब्वयफ्रेन्डलाई पठाएकी थिएँ । चाहे ति भिडीयोहरु र फोटोहरु सार्वजनिक गर्न जतिनै लाजमर्दो किन नहोस, मैले त्यो ब्ल्याकमेलरको बिरुद्ध लड्ने फैसला गरेको छु ।' उनलाई इमेल धम्कि दिनेले भनेको थियो 'मैले चाहे भने तिमीले ब्वाईफ्रेन्डलाई पठाएको तश्विर तथा भिडियोहरु तिम्रा साथीहरु तथा आफन्तलाई सेयर गर्दिन्छु । यदी तिमी चाहन्छौ भने म त्यसो गर्दिन तर त्यसको बदला तिमीले मलाई खुसि बनाउनु पर्छ ।'   

एक रिपोर्ट अनुसार तरुणालाई प्रहरीले त्यस बिरुद्ध मुद्दा दायर गर्न भनेको छ । भारतीय कानुनमा साइबर बुलिंगका यस्ता बिषयमा मुद्दा दिन पाउने कानुन छ । सोशल मीडिया प्रयोगकर्ताहरुले तरुणालाई सपोर्ट गर्दै साइवर अपराध बिरुद्ध डटेर सामना गर्नुपर्ने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!