भर्खरै बिबाह गरेको श्रीमतीलाई देखेर लोग्ने डराएपछी डिभोर्स

Posted on: 25 Oct, 2016

(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखेर लोग्ने डराएपछि नवविवाहित दम्पत्तिसँग डिभोर्स गर्नुपरेको छ ।

दुबइको अल ममजार तटीय क्षेत्रमा उक्त नवविवाहित जोडी बिबाह लगत्तै घुम्नका लागि गएका थिए । त्यहाँ पुगेपछि नवबिबाहित पत्नीलाई पौडी खेल्ने इच्छा जागेछ र आफ्नो मेकअप उतारेर तटमा आइछन् । जब उनले मेकअप सबै उतारिन् तब लोग्नेले आफ्नै श्रीमतीलाई चिन्न सकेनन ।

मेकअप गरेको बेला निकै सुन्दर श्रीमती मेकअप फुकालेको बेला कुरुप देखेर लोग्ने तीनछक परेछन् । लोग्नेका अनुसार उनले आफूलाई झुक्याउनको लागि श्रीमतीले नक्कली परेला हालेको आरोप लगाएका छन् । उनले श्रीमतीले सक्कली अनुहार छोपेर सुन्दर देखिनका लागि कस्मेटिक प्रयोग गरेको दाबी गरे ।

लगत्तै उनीहरुबीचको बिबादले दुवैको सम्बन्ध बिच्छेद समेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!