सिङ्गो फ्रान्सलाई खरानी बनाउन सक्ने यो मिसाइल, पहिलो पटक सार्वजनिक

Posted on: 26 Oct, 2016

एजेन्सी | अमेरिका सहित पुरै संसारलाई नै सात्तो खानसक्ने रूसको सबैभन्दा खतरनाक न्यूक्लियर मिसाइल SATAN-2 को पहिलो पटक तश्विर सार्वजनिक भएको छ ।

प्रति सेकेन्ड ७ किलोमीटरको स्पीडमा चल्ने यो मिसाइल १० हजार किलोमिटरको दुरीसम्म फाल्न सक्ने क्षेमता छ । यानेकी एक पटकमा यो मिसाईले नेपालभन्दा लगभग ४ गुणा ठूलो देश फ्रान्सको क्षेत्रफल बराबरको जमीन ध्वस्त बनाउन सक्ने क्षेमता राख्छ । यसको स्पीडको आगाडी अमेरिकी एन्टी-मिसाइल सिस्टम समेत फेल हुन्छ । 

संचार माध्यमहरुमा SATAN-2 को फोटोहरु पहिले पनि आएको थियो, तर रूसको म्याकेयेव रकेट डिजाइन ब्यूरोद्वारा यी फोटोहरु पहिलो पटक रिलीज भएको हो ।

यो मिसाइलको अर्को महत्वपूर्ण बिषय के पनि छ भने रूसको यो मिसाइलको SATAN-22 नाम रूसले नभई, बिभिन्न २८ देशहरुको गुट नाटोले दिएको हो । मीडिया रिपोर्ट्सका अनुसार, रूसको यो मिसाइलको अगाडी जापानको हिरोशिमा र नागासाकीमा हानिएको एटम बम खेलौना जस्तै हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!