१२ बर्षकि बालिकालाई जमीनमा गाडेर यो के गरिदैछ ?

Posted on: 27 Oct, 2016

भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास लिन सकुन । त्यसपछी जब बालिकाको स्वास्थ्य अवस्था बिग्रियो तब मात्र उनलाई आफन्तले अस्पताल लिएर गए ।

यस्तो गर्नुको कारण:

- शामली जिल्ला स्थित कांधलामा यो घटना मङ्गलबार भएको थियो । १२ बर्षीय बालिका मुस्‍कान घरको छतमा अरु बच्चाहरुसँग खेल्दै थिईन् । त्यतिकैमा उनले छतमाथिको बिजुलीको हाईटेन्शन छुन पुगिन । उनि आफ्नो मामाघर आएकी थिईन ।

- मुस्कानलाई करेन्ट लागेपछि उनका आफन्तले अस्पताल लिएर जान लागे । तर त्यहाँ रहेका केहि मानिसहरुले भने 'उनको शरीरलाई माटोमा गाड्दा जलन कम हुन्छ । मानिसहरुको साल्लाह बमोजिम मुस्कानलाई माटोमा गाडियो । माटोमा राखिएकी उनको अवस्था झनै चिन्ताजनक भएपछी उनका आफन्तले फेरी उनलाई गाडिएको ठाउँबाट निकालेर पहिले सामुदायिक स्वास्थ केन्द्र लागे, जहाँका डाक्टरहरुले उनको चिन्ताजनक अवस्था देखेपछि हायर सेन्टर अस्पताल रिफर गरे । 

नेपालसँगै सिमाना जोडिएका भारतको उत्तर प्रदेशमा यस्ता कयौं अन्धबिश्वासहरु कायम छन् । यहाँका मानिसहरुमा चेतनाको कमीका कारण धेरै घटनाहरु हुने गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!