२० जना ब्याइफ्रेन्डले दिएको २० ओटा आइफोन बेचेर घर

Posted on: 30 Oct, 2016

कात्तिक १४ चीन | चीनकि एक युवतीले आफ्ना लागि घरको जोहो कसरी गरिन् भन्ने कुरा थाहा पाउँदा संसारको जो कोहि पनि चकित पर्छन् ।

चिनियाँ सञ्चार माध्यमले ति युवतीको नाम शियाओली बताएका छन् । दक्षिण चीनको शहर शेनजेनकी शियाओलीका २० जना प्रेमीहरु थिए । उनले आफ्ना सबै प्रेमीलाई आइफोन सेभेन किनीदिन भनेकी थिइन् । जब सबै प्रेमीहरुबाट उनले आइफोन पाइन् तब उनले हुई सु बाओ नामक वेबसाइटबाट सबै आइफोन बेचिन् । त्यसबाट उनलाई एक लाख १५ हजार १० युआन प्राप्त गरिन् र उक्त पैसाबाट उनले घर किनेकी छन् । 

कि–शियाओलीले आफ्नो नयाँ घर देखाएर घर किन्नका लागि आफूले अपनाएको तरिका बताएपछि सबै साथी अचम्ममा परेका थिए । अहिले चीनको माइक्रो ब्लगिङ साइट विबोमा एउटा ह्यासट्याग चलिरहेको छ, जसको अर्थ ‘२० मोवाइल फोनमा एक घर’ हुन्छ । यो ट्रेन्डिङमा सबैभन्दा माथि छ । यो ह्यासट्याग एक करोड ३० लाख भन्दा धेरै पटक प्रयोग गरिसकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!