नोकर्नीसँग यौन सम्बन्ध राख्दै आएका लोग्नेको सुगाले पोल खोलिदिएपछि…

Posted on: 23 Nov, 2016

एजेन्सीको सहयोगमा | घटना कुबेतको हो, जहाँ सुगाको कारण एक व्यक्तिलाई ठूलै संकट आईलागेको छ । त्यहाको एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौनसम्पर्क राख्दै आएको कुरा उसकी श्रीमतीलाई थाहा थिएन ।

श्रीमतीको आँखा छलेर घरकी नोकर्नीसँग रोमान्स गरिरहँदा उनीहरु कुराकानी पनि गर्दथे । त्यस्तो कुराकानी घरमा पालेको सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।

एकदिन जब ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् तब सुगा एकाएक बोल्न लाग्यो । सुगाले ती सबै कुरा गर्न थाल्यो, जो केहीबेर अघि घरमालिक र नोकर्नीबीच रोमान्सका बेला बोलिएका थिए । मालिक्नीले जब सुगाको मुखबाट यस्ता रोमान्टिक कुरा सुनिन् तब उनलाई अनौठो लाग्यो ।

तर उनलाई आफ्नो लोग्ने घरकै नोकर्नीसँग सल्किएको कुरामा पहिलेदेखि नै शंका थियो । त्यसैले सुगाका त्यस्ता कुरा सुन्दा उनलाई दुईबीचको नाजायज सम्बन्ध एकिन भयो । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रुपमा लिएर उजुरी गर्न पुलिस चौकीमा गइन् ।

तर श्रीमतीको आरोप र सुगाको बोलीलाई प्रमाणका रुपमा लिन नसकिने बताएपछी ति श्रीमानले माफी पाए । सुगाले घरमालिक र नोकर्नीबीचको रोमान्सकै बेला ती कुराहरु सुनेको भनेर अदालतमा प्रमाणित गर्न नसकिने जिकिर पुलिसको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!