iPhone 7 पाउन यी युवाले आफ्नो नामनै iPhone Seven राखे

Posted on: 25 Nov, 2016

(एजेन्सी) | युक्रेनका एक युवकले आइफोन सेभेन खरिद गर्न आफ्नो नाम नै आधिकारिक रुपमा परिवर्तन गरेर आइफोन सेभेन राखेका छन्। यो हर्कतपछि उनले निःशुल्क आइफोन सेभेन पाएका छन्। अर्थात् आइफोन सेभेनले आइफोन सेभेन पाएका छन्।

युक्रेनमा आइफोनले एउटा नयाँ अफर सुरु गरेको थियो। त्यसमा भनिएको थियो यदि कसैले आफ्ना नाम परिवर्तन गरेर आइफोन सेभेन राखेमा उसलाई निःशुल्क आइफोन सेभेन दिइनेछ। २० वर्षीय अलेक्जेन्डर ट्युरिन आफ्नो नाम बदल्न राजी भए। उनले सरकारी कार्यालयमा निवेदन दिए। त्यसका लागि उनले २ अमेरिकी डलर खर्च गरे। त्यसपछि उनले पाए ८५० अमेरिकी डलर बराबरको आइफोन सेभेन।

समस्या त्यतिखेर पर्यो जब उनको परिवारले उनको नयाँ नामप्रति आपत्ति जनायो। पछि उनले सबै कुरा परिवारलाई सम्झाए, बुझाए। आइफोन सेभेन (अलेक्जेन्डर) को भनाइ छ अहिले उनी यही नामलाई प्रयोग गर्नेछन्। विवाहपछि बच्चा हुने समयमा भने नाम परिवर्तन हुन सक्छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!