परिवारलाई घर र आफू अक्सफोर्डमा पढ्न यी युवतीले ११ करोडमा बेचिन आफ्नो भर्जिनिटि

Posted on: 30 Nov, 2016

एजेन्सी | मानिसले आफ्नो इच्छा पुरा गर्न हरेक बाटो अपनाउने गर्छ, यस्तै घटना यूरोपमा बस्ने १८ बर्षिया एलेक्सएन्डरा क्याफरीनसँग सम्बन्धित छ  । उनले आफ्नो सपना र इच्छाहरु पूरा गर्नको लागि आफ्नो भर्जिनिटि ११ करोड भन्दा बढीमा बिक्रि गरेको एक अन्तर्वार्तामा खुलाशा गरेकी छिन् । 

एलेक्सएन्डरा क्याफरीनले आफ्नो अभिभावाकहरुलाई घर किन्नको लागि आफ्नो भर्जिनिटी ११ करोड भन्दा बढी मूल्यमा बेचिन । बास्तबमा उनि आफ्नो आमाबुबालाई निकै मायाँ गर्थिन र उनीहरुसँग बस्नको लागि घर समेत थिएन । क्याफरीन आफ्नो परिवारलाई एउटा राम्रो घर दिन चाहन्थिन् । साथै आफू अक्सफोर्ड यूनिभर्सिटीमा पढ्न चाहन्थिन तर उनको परिवारसँग त्यस्तो आर्थिक अवस्था थिएन ।

क्याफरीनका अनुसार जब उनि १५ बर्षकि थीइन् तब उनले टीभीमा एक मूभी (चलचित्र) हेरिन, जसमा एक युवतीले आफ्नो आवश्यकता पुरा गर्नको लागि आफैलाई एक रातको लागि बेचेकी थिइन् । त्यसै चलचित्रबाट प्रभावित भएकी क्याफ्रिनको दिमागमा आयो कि किन उनि पनि कसैसँग एक रात सुतेर पैसा नकमाउने ? त्यसपछी क्याफरीनले एक अनलाइन एस्कर्ट एजेंसीमा सम्पर्क गरिन र आफ्नो भर्जिनिटी अनलाइन मार्फत बोली लगाइन । तर उनले यस बिषयमा परिवारलाई कुनै जानकारी गराईनन् ।

अनलाइनमा भर्जिनिटिको बोली लगाएकी उनलाई भर्जिनिटीको परिक्षा समेत दिनु परेको थियो । अनलाइनमा उनको भर्जिनिटिको बोली यतिसम्म च्चुलियो कि ११ करोडसम्म तिर्न मान्छे तयार भए र उनले आफैलाई बेचिन । तर उनलाई यो काम ब्यापार जस्तै लागेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!