सन् २०१६ मा भाइरल बनेका केहि आश्चर्यजनक तश्विरहरु यस्ता छन्

Posted on: 31 Dec, 2016

सास | पुस १५, काठमाडौँ | हामीले दैनिक लाखौँ फोटोहरु सामाजिक संजालमा हाल्छौं जसमा केहि निकै प्रख्यात हुन्छन । मानिसको आँखा जुन फोटोमा बढी पर्छ वा सेयर बढी हुन्छ त्यो भाइरल भएको भन्ने गरिन्छ | 

सामाजिक संजालमा यो बर्ष भाइरल बनेका केहि तश्विरहरु तल हेर्नुहोस : 

जापानको एक रेसिडेन्टल क्षेत्रमा एक चिम्पान्जी बिद्धुत लाइनमा गएर बसेको थियो । चिडियाखानाका एक सदस्यले जब उक्त चिम्पान्जीलाई समात्ने कोसिस गर्यो तब उसले पनि टि व्यक्तिलाई भगाउने कोसिस गरेको थियो ।
भारतको राजस्थानको अजमेरमा स्टन्ट देखाउने क्रममा एक कलाकार । उसले आफ्नो आँखा निकै धेरै बाहिर निकालेर देखाउन सक्छ । यो फोटो सामाजिक संजालमा भाइरल भएको मध्ये एक हो | 
चीनको बाओवान गाउँमा एक बाँदर चकुमार्फत स्टन्ट देखाउंदै । यो खतरनाक स्टन्टको लागि यहाँ बाँदरहरुलाई तालिम दिने गरिन्छ |
अस्ट्रिको राजधानी विएनामा खिचिएको यो फोटो  निकै भाइरल बनेको थियो । 
अमेरिकी प्रान्त क्यालिफोर्नियास्थित लस एन्जल्समा स्टन्ट देखाउंदै स्ट्रीट आर्टिस्ट।
थाईल्याण्डको राजाबुरी प्रान्तमा 'भ्यालेनटाँइन डे' को दिन यी जोडीले तार मार्फत झुन्डिएर बिबाह फोटोशूट गराएका थिए ।
ताइवानको ताइपेईस्थित हुआशन क्रिएटिभ पार्कमा बनेको उल्टो घर। यो घर हेर्नको लागि धेरै संख्यामा पर्यटकहरु आउने गर्छन र फोटो खिच्ने गर्छन । 
बोस्नियाको जाविडोविकीमा स्टोनबल निकाल्ने क्रममा सुआद केसेरोविक। सुआद दावा गर्छन कि यो ढुंगाकाृ क्षेत्रफल १०.८ फीट र तौल लगभग ३५ टन छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!