जहाँ महिलाले गर्छन् पुरुषमाथि बलात्कार

Posted on: 08 Jan, 2017

एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरु अफ्रिकीदेश नाइजरमा बसोबास गर्छन् ।

परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यि जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषसँग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।

त्यहाँ पुरुषले घुम्टो ओड्छन्, जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।

त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न सक्छन्/पाउँछन् ।

विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ । – एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!