छात्राहरुले पनि उभिएर पिसाब फेर्नुपर्ने !

Posted on: 17 Jan, 2017

एजेन्सी | चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । 

त्यसै कामको लागि प्रेरित गर्न उक्त विश्वविद्यालयमा छात्राहरुले पिसाव गर्दा पुरुषको जस्तै ‘युरिनल’जडान गरिएको छ । छात्राहरुले परम्परागत शौचालयको ठाउँमा युरिनल प्रयोग गरेमा दैनिक एक लाख ६० हजार लिटर पानी बचत हुने विश्वविद्यालयको दाबी छ । तर, उभिएर पिसाब गर्दा कसरी पानी बचत हुन्छ भन्ने कुरा भने खुलाइएको छैन ।

शौचालयमा छात्राहरुले अत्याधिक पानी खेर फालिरहेको विश्वविद्यालयले आरोप लगाएको छ । शौचालयमा टाँसिएको सूचनामा ‘यदि सबै छात्राहरुले उभिएर पिसाब फेरेको खण्डमा पानीको बचत हुनुको साथै रोग फैलन पनि रोकिन्छ’ भनिएको छ ।


छात्राहरुलाई उभिएर पिसाब गर्न सजिलो होस् भन्ने हेतुले शौचालयमा कागजको सोलीको समेत व्यवस्था छ । यस बिषयमा धेरैले सामाजिक संजालमा छात्राले उभिएर पिसाव गर्दा कसरी पानी बचाउन सकिन्छ भन्ने प्रश्न गरेका छन् ।

केटीहरुलाई उभिएर पिसाब फेर्न मिल्ने केही उपकरण आविस्कार भएका छन् । यस्ता उपकरण महोत्सव एवं क्याम्पिङमा प्रयोग गरिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!