फेसबुकमा सामूहिक बलात्कारको लाइभ भिडियो, तीन जना पक्राउ

Posted on: 24 Jan, 2017

माघ ११, एजेन्सी | सामूहिक बलात्कार गरेर उक्त भिडियो फेसबुक मार्फत लाइभ दिएको आरोपमा स्वीडेनमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । एक महिलाले प्रहरीलाई फोन मार्फत फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो लाइभ देखाएको बताएकि थिइन । ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धेरै व्यक्तिले पनि त्यो भिडियो हेरेको प्रहरीले पुष्टि गरेको छ ।

बलात्कारको लाइभ भिडियो देखाइएको फेसबुक ग्रुपमा हजार भन्दा धेरै सदस्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले १९ देखि २५ वर्ष उमेरका तीन पुरुष र एक महिलालाई एउटै अपार्टमेन्टबाट पक्राउ गरेको छ । २१ वर्षकी जोसेफिन लुण्डग्रेनले भिडियोबारे प्रहरीलाई जानकारी गराएकी हुन् ।

बलात्कार गर्ने एक युवकसँग बन्दुक पनि रहेको लुण्डग्रेनले स्वीडेनको एक पत्रिकालाई बताएकी छन् । लाइभ भिडियो झण्डै ६० जनाले हेरेको उनको भनाई छ । फेसबुकले सन् २०१५ देखि लाइभ स्ट्रिमिङ्ग सेवा सुरु गरेको हो । त्यसयता यस्ता धेरै घटना भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!