११ सय वर्ष पहिले मृत्यु भएकी महिलाको खुट्टामा एडिडास जुत्ता !

Posted on: 20 Apr, 2017

एडिडास कम्पनीको स्थापना ९२ वर्ष पहिला अर्थात् सन् १९२४ मा भएको हो । तर ११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएको छ ।

मंगोलियामा ११ सय वर्ष पहिले मृत्यु भएकी एक महिलाको शव अर्थात् ममी फेला परेको छ । उक्त ममीको सरीरमा यस्ता केही चिजहरु फेला परेका छन् जुन देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् र ती चिजहरुले सोच्न  बाध्य पारेका छन् ।

उक्त मानव अवशेषको खुट्टामा वैज्ञानिकहरुले एडिडास कम्पनीले उत्पादन गर्ने जस्तै मोडेलका जुत्ता लगाएको फेला पारे । ११ सय वर्ष प्हिले मरेको मानिसको खुट्टामा अहिले एडिडास कम्पनीले बनाउने जस्तै जुत्ता भेटिएपछि सबै छक्क नपर्ने कुरै भएन ।

वास्तवमा उक्त मानव अवशेषको खुट्टामा भेटिएका रातो-कालो रंगका बुट जुत्ता सुरुमा झ्वाट्ट हेर्दा अहिलेका एडिडास जुत्ताको एउटा मोडेल जस्तै देखिन्छ दुरुस्तै । यसबाट अहिलेका एडिडास कम्पनीले बनाउने अत्याधुनिक जुत्ताहरुका मोडेल त ११ सय वर्षअघि नै मानिसहरुले लगाउने गर्दा रहेछन् भन्ने देखिन्छ ।

मंगोलियाको अटलई पहाडमा भेटिएको उक्त अवशेष सँग अन्य केही चिजहरु पनि फेला परे । वैज्ञानिकहरुका अनुसार ती महिलालाई धारिलो वस्तुले टाउकोमा हानेर हत्या गरिएको र उनलाई प्रहार गरिएको चक्कु तथा उनले प्रयोग गर्ने अन्य वस्तु सहित गाडिएको रहेछ । महिलाको अवेशषसँगै गाडिएका चक्कु, काइँयो, शिशा आदि दुरुस्तै छन् । चक्कुमा त खिया पनि लागेको छैन ।

हत्या भएको समयमा ती महिलाकेा उमेर ३०।४० वर्षको रहेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!