रोटी गोलो बनाउन नसक्दा गर्भवती श्रीमतीले ज्यान गुमाइन्

Posted on: 24 Jul, 2017

भारतको राजधानी दिल्लीमा एक श्रीमानले सामान्य झगडामा गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीले घरमा रोटी गोलो बनाएर श्रीमानलाई खुवाउन नसक्दा श्रीमतिले ज्यान गुमाउनु परेको समाचार संथाले जनाएका छन् । शनिबार राती आरोपी श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेको तर यसबारे आइतबार बिहान ४ बजेमात्र भएको बताइएको छ ।

मृतकको भाइले दिदीलाई भुइँमा ढलिरहेको र उनकी चार वर्षीया छोरीलाई ढोका बन्द गरेको थुनेको अवस्थामा देखेपछि यसबारे पुलिसलाई जानकारी दिएका थिए ।

चार महिने गर्भवती सिम्रनलाई अस्पताल पुर्याइए पछि उनलाई मृत घोषणा गरेको छ । उनका श्रीमान् फरार छन् ।

उनकी चार वर्षीया छोरीले आमाबुवाबिच सधैंजसो रोटीको विषयमा झगडा हुने गरेको बताइन् । ‘मेरी आमाले मिठो खाना पकाउनुहुन्थ्यो तर रोटीको आकारका कारण बुवा सधैं रिसाउनुहुन्थ्यो ।’

शनिबार राती करिब साढे १० बजेतिर भएको झगडामा श्रीमानले गर्भवती श्रीमतीको पेटमा लात्तीले हाने । छोरीले आमालाई बचाउन खोजेपनि उनका बुवाले उनलाई कोठामा घिसारेर लगेको र ताल्चा लगाइदिएको उनले बताइन् । त्यसको केही बेरपछि उनले श्रीमानको घाँटी थिचे ।

पाँच वर्ष पहिले विवाह बन्धनमा बाँधिनुपहिले यो जोडी एक वर्ष लिभ–इनमा बसेको थियो । -टाइम्स अफ इन्डियाबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!