आधा बाटोमै ट्याक्सी रोकेर बाथरूम गएकी युवती यस्तो हालतमा भेटिएपछी...

Posted on: 25 Aug, 2017

एजेन्सी | चीनको जिआजिङ्गमा एक यस्तो घटना घटेको छ, जो निकै चर्चाको बिषय बनेको छ । एक जना ट्याक्सी ड्राइभरका अनुसार १५ बर्षीय किसोरीलाई लिएर उनि अस्पताल जाँदै थिए, तर ति किशोरीले बीच बाटोमै अचानक बाथरूम जान इच्छा गरिन् । ड्राइभरले जंगलको बीचमा ट्याक्सी रोके । केहि बेरसम्म जब ति किशोरी फर्केर आइनन् तब चालक आफै उनि गएको ठाउँतिर खोज्न गए तब ड्राइभर आफै त्यहाँको स्थिति देखेर अचम्मित बनेका थिए । 

घटनामा सम्बन्धित चालक र ति किशोरीको नाम खुलाशा गरिएको छैन । अंग्रेजी वेबसाइट WORLD OF BUZZ को अनुसार, जंगलमा बाथरुम जान्छु भनि गएकी किशोरी हतार-हतार जंगल छिरेकी थिइन् । करीब १० मिनटसम्म पनि जब उनि फर्केर आइनन् तब ट्याक्सी चालक उनि गएको ठाउँतिर खोज्न गएका थिए । जंगलमा ति किशोरी समस्यामा फसेकी त छैनन् भन्ने डर ट्याक्सी चालकमा थियो । जब उनि जंगलमा पसे तब नवजात शिशुको आवाज सुनियो । ट्याक्सी चालकले अझै नजिक गएर हेर्दा झसंग बने । किनकी चालकका अनुसार ति युवतीको सरिर र हातमा रगत लत्पतिएको थियो भने उनको नजिकै एक बच्चा रोईरहेको थियो ।  


पछी चालकले थाहा पाए कि, ति युवतीले जंगलमै अबैध सन्तानलाई जन्म दिएकी थिइन् । ट्याक्सी ड्राइभरले उनको स्थिति देखेर तत्काल स्थानीय प्रहरीलाई खबर गरे । पछी प्रहरीको सहयोगमा उनलाई अस्पताल लगियो । तर, ति किशोरीले बच्चाको बाबुको बारेमा जानकारी दिन अस्विकार गरेकी छन् । साथै प्रहरीले उनको परिवारको बारेमा जानकारी माग्दा समेत उनले कुनै खुलाशा नगरेपछी प्रहरी आफै उनको बिषयमा जानकारी लिन अनुसन्धानमा अघि बढेको खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!