गोलभेंडाले हानाहान, यसरी गरियो गोलभेंडा युद्ध (तश्विर सहित)

Posted on: 31 Aug, 2017

एजेन्सी | यो तश्विर फिचर स्पेनको हो जहान वार्षिक गोलभेंडा युद्ध पर्व मनाइन्छ । भ्यालेन्सियाभन्दा २५ माइल पश्चिममा रहेको बुनोल सहरमा हरेक वर्ष अगष्ट महिनाको अन्तिम बुधबार ला टोम्याटिना नामक गोलभेंडा युद्ध पर्व मनाइन्छ । यो पटकको गोलभेंडा युद्ध पर्व चाहिँ विशेष रह्यो ।

किनकि यो गोलभेंडा लडाइँ पर्वले यसपटक विश्वको सबैभन्दा ठूलो खानेकुरा लडाइँ खेलको रुपमा विश्वकीर्तिमान कायम गरेको छ । पर्वमा १ सय ६५ टन पाकेका गोलभेंडा एक आपसमा फ्याँकिएको छ । झण्डै २२ हजार मानिस गोलभेंडा युद्धमा सहभागी भएका छन् । जसमध्ये १७ हजार त पर्यटक नै थिए ।

गोलभेंडा युद्धका लागि भनेर सहरमा ६ वटा ठूला ट्रकमा ३६ हजार युरोका गोलभेंडा खरिद गरिएको थियो ।

ती गोलभेंडालाई गोलभेंडा युद्ध हुने प्लाजा लायाना चोकमा अर्को सानो ट्रकले ओसारेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!