शुन्दर अनुहार पछाडीको खतरनाक महिला, श्रीमान सहित ४ छोराहरुको हत्या

Posted on: 07 Oct, 2017

एजेन्सी | छिमेकी मुलुक भारतको राजस्थान स्थित अलवरको शिवाजी पार्कमा एकै परिवारका पाँच जनाको हत्याको रहस्य प्रहरीले पत्ता लगाएको छ । प्रहरीको अनुसार बनवरी लाल शर्मा र चार बच्चाको हत्या शर्माकी पत्नी सन्तोषले आफ्नो प्रेमी हनुमान चौधरीसँग मिलेर दुई जना सुपारी किलर मार्फत गराएकि हुन् । पुलिसले सन्तोष र उनकी प्रेमी र दुई हत्यारालाई गिरफ्तार गरेको छ ।

अलवरका एसपी राहुल प्रकाशल घटनाबारे जानकारी दिँदै भने अनुसार सन्तोष र उनको प्रेमी हनुमान चौधरीबीच प्रेम सम्बन्ध भएको कुरा उनको श्रीमान बनवारी लाललाई थाहा भईसकेको थियो । बनबरीले सन्तोषको प्रेम सम्बन्ध बारे बिरोध गर्न थालेको थियो । आफ्नो प्रेम सम्बन्धमा प्रेमी र आफ्ना बच्चाहरु तगारो बन्ने देखेपछी सन्तोषले मान्छे लगाएर सबैलाई मार्ने सोच बनाइन् । यसै अनुरुप २ जना सुपारी किलरको सहायता लिएकि थिइन् । 

घटना भएको दिन सन्तोषले श्रीमान बनवारी र बच्चाहरुलाई नशालु पदार्थ मिलाएर गहिरो निन्द्रामा पारी रातको समयमा सुपारी किलरहरुको सहयोगमा हत्या गराईन् । 


हत्या पछी प्रहरीलाई तब सन्तोषमाथि शंका उब्जियो, जब मृतक पाँच जनाको दाह-संस्कार पछी सन्तोषले मोबाइलबाट कसैसँग कुरा गर्न थालिन् । 

तब प्रहरीले उनले गरेको फोनमा खानतलास लिने क्रममा गतिविधिहरु संकास्पद लाग्यो । त्यसपछि दुवैलाई प्रहरीले हिरासतमा लिएर पुलिसले पूछताछ गर्यो तब सन्तोषले आफ्नै श्रीमान सहित ५ जनाको हत्या गरेको स्वीकार गरेकी थिइन् । शिवाजी पार्कमा बस्दै आएका ४५ वर्षीय बनवारी लाल उर्फ बबली शर्मा, छोराहरु मोहित, हैप्पी, अज्जू र भतीजा निक्कीको लास कोठाभित्र ३ अक्टोबर बिहान करीब ६ बजे क्षेतबिक्षेत अवस्थामा फेला परेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!