यी ७ देशमा गरीब नेपाली पनि बन्न सक्छ करोडपति

Posted on: 20 Oct, 2017

सास (एजेन्सी) | हामी धेरैलाई थाहा छ नेपालमा १ करोड पैसा भएको व्यक्ति अमेरिका गयो भने त्यहाँ करोडपति मा पर्दैन किनकी त्यहाँको पैसाको भाउ नेपालको भन्दा १०० गुणा कम भ्यालुमा चल्छ छ । त्यस्तै यदी १ लाख डलर बोकेर एउटा अमेरिकन नेपाल आयो भने उसको त्यहि पैसा नेपालमा साट्दा करोडको भाउ पाउँछ र अमेरिकाको लखपति नेपालमा आएर करोडपति बन्न सक्छ । 

आज हामीले डलरको नभई नेपाली रुपयाँको चर्चा गर्छौं । १ अमेरिकी डलर बराबर नेपालमा १०० रुपयाँ भएझैं नेपालको १ रुपयाँ बराबर कतिपय देशमा कयौं गुणा भन्दा बढी भाउ आउँछ । यसको मतलब नेपालको भन्दा पनि कम्जोर पैसाहरु संसारमा छन् । आज हामीले यहाँ तपाइँलाई संसारको यस्ता ७ देशको बारेमा चर्चा गर्दैछौं । 

१. भियतनाम 

भियतनाममा त्यहाँको पैसा नेपालभन्दा कम्जोर छ । यस देशको पैसाको हिसाव अनुसार यदी १ लाख नेपाली रुपयाँ हुने व्यक्तिले भियतनामको पैसा साट्यो भने उसले २ करोड १३ लाख ४३ हजार डोङ पाउँछ । यसको मतलब नेपाली १ रुपयाँलाई भियतनाममा साट्ने हो भने २१३ डोङ हुन्छ । यसको मतलव नेपालमा १ लाख हुने व्यक्ति भियतनाममा करोड पति बन्न सक्छ । 


२. बेलारुस 

गणतन्त्र बेलारुस, पूर्वी युरोपमा अवस्थित भूपेरिवेष्ठित राष्ट्र हो । बेलारुसको पैसा पनि नेपालको भन्दा कमजोर छ । यदी १ लाख नेपाली रुपयालाई बेलारुसको पैसा साट्ने हो भने १ करोड ८५ लाख भन्दा बढी हुन आउँछ ।  


३. कम्बोडिया 

यो देस दक्षिण पूर्व एसियाको एक प्रमुख राष्ट्र हो । कम्बोडियाको अर्थव्यवस्था मुख्य रूपमा कपडा उद्योग, पर्यटन एवं निर्माण उद्योगमा आधारित छ । कम्बोडियाको पैसा पनि नेपालको भन्दा कमजोर छ ।  नेपालको १ लाख कम्बोडियाको पैसासँग साट्ने हो भने झन्डै ३८ लाख कम्बोडियन रियल हुन आउँछ । 


४. इन्डोनेसिया 

नेपालको तुलनामा यो देशको जनशंख्या ७ गुणा बढी रहेको छ । यो देश संसारमै सबैभन्दा बढी मुस्लिम रहेको देश पनि हो । इन्डोनेसियाको पैसाको भाउ पनि नेपालको भन्दा कम छ । इन्डोनेसियामा नेपालको १ लाख बराबर १ करोड २८ लाख हुन आउँछ । 


५. लाओस 

लाओस पीपुल्स डेमोक्रेटिक रिपब्लिक भूपरिवेष्ठित देशमा पर्दछ भने दक्षिणपूर्वी एसियासंगै जोडिएका, सीमान्त नजिकमा बर्मा र पूर्वीय उत्तरपश्चिमीमा चिनिया, पूर्वतिर भियतनाम, दक्षिण कम्बोडिया, र पश्चिम थाईल्याण्ड मा पर्दछ । नेपालको भन्दा पैसाको भाउ कमजोर भएको अर्को देश हो लाओस । लाओसमा १ लाख नेपाली रूपया साट्ने हो भने ७७ लाख ५६ हजार लाओ किप पाउन सकिन्छ ।  


६. पाराग्वे 

यो देश दक्षिण अमेरिकाको एक भूपरिवेष्ठित देश हो । पाराग्वे अल्पविकाशित भएतापनि पाराना नदीको जलविद्युत्‌ परियोजनाले, पाराग्वेले जति धेरै विश्वमा कुनै पनि देशले जलविद्युत् निकासी गर्दैन । पाराग्वेको पैसा पनि नेपालको तुलनामा झन्डै ५२ गुणा कम्जोर छ ।  पाराग्वेमा नेपाली १ लाखको ५२ लाख भन्दा बढी हुन्छ ।  


७. साउथ कोरिया 

साउथ कोरिया नेपालीहरुको लागि आकर्षक रोजगार गन्तब्य हो । तर यहाँको पैसा भने नेपालको भन्दा कम मूल्यको रहेको छ । यहाँको पैसा नेपालको तुलनामा झन्डै ११ गुणा सस्तो छ । साउथ कोरियामा नेपालको १० लाख हुने व्यक्तिले पैसा साटेर कोरियन वन लिन्छ भने १ करोड भन्दा बढी पाउँछ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!