ल हेर्नुस् - संसारकै ठूलो कुकुर, यसको बारेमा पढ्नुहोस्

Posted on: 26 Oct, 2017

एजेन्सीको सहयोगमा | यो संसारकै ठूलो कुकुरको रुपमा गिनिज बुकमै नाम लेखाउन सफल फ्रेडी नामक ५ वर्षे कुकुर हो । विश्वमै सबैभन्दा ठूलो कुकुरको रुपमा रहेको यो कुकुर उभिँदा मान्छेभन्दा अग्लो देखिन्छ । 


बेलायतकी पूर्व फेसन मोडेल क्लेरी स्टोनमेनले नाजुक अवस्थाको देखिने एक कुकुरको छाउरो किनेर ल्याएकि थिइन् । त्यतिखेर यो कुकुरलाई बचाउन पनि मुस्किल जस्तो थियो । कुकुर किन्ने क्लेरी स्टोनमेनले त्यसदिन सोँचेकी पनि थिइनन् की यो कुकुर भविष्यमा संसारकै प्रसिद्ध कुकुर बन्नेछ । तर त्यतिबेलाको सानो छाउरो अहिले संसारकै सबैभन्दा ठूलो कुकुर बनेको छ ।

पाँच वर्षको पालनपोषण पछी अहिले फ्रेडी ७ फिट ६ इन्च लम्बाइको भएको छ । ग्रेट डेन प्रजातिको यो कुकुरले विश्वको सबैभन्दा लामो कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

यो कुकुरको तौल ९२ किलोग्राम भन्दा धेरै छ । यो किर्तिमानी कुकुरले पिनट बटर तथा चिकेन खान मन पराउँछ । एकपटकमा धेरै बटर तथा कुखुराको मासु यसले खाने गर्छ । यस कुकुरलाई सामान्य खाना खुवाउँदा पनि वार्षिक खर्च १५ लाख भन्दा धेरै पर्छ ।


कुकुरकै कारण मोडेल क्लेरी पछिल्लो पाँच वर्षदेखि बिबाह नगरी बसेकी छन् । कुकुरबाट टाढा हुनु नपरोस् भनेर आफु कुनै रिलेसनमा नरहेको उनी बताउँछिन् । ४४ वर्षकी क्लेरीले फ्रेडीलार्य कुकुरलाई आफ्नो सन्तानझैँ माया गर्छिन् । साथै उनि कुकुरसँगै एउटै ओछ्यानमा सुत्छिन् ।

उनले कुकुरलाई आफ्नो बच्चाको रुपमा मान्छिन् । उमेर ढल्किँदै गएपछि अहिले क्लेरीले आफ्नो लागि यस्तो पार्टनर खोजिरहेकी छिन् जसले आफ्नो र कुकुर दुबैको केयर गरोस् । अनि पार्टनरकै कारण आफु र फ्रेडीबीचको सम्बन्धमा कुनै समस्या नआओस् ।  - एजेन्सी


यस बिषयमा तपाइको प्रतिक्रिया...!