सायद तपाइँलाई थाहा छैन - भगवान श्रीरामको मृत्यु यसरी भएको थियो

Posted on: 28 Nov, 2017

सास | रामायणका धेरै कुरा गौण छन् । रामायणका मुख्य पात्र श्रीराम जसले रावणको अन्त्य गरेका थिए, तर उनको अन्त्यको बिषयमा धेरैलाई थाहा नहुन पनि सक्छ, त्यसैले आज हामी यस बिषयमा तपाइँलाई जानकारी गराउन गईरहेका छौं ।

श्रीरामले देहत्याग कसरी गरेका थिए ? 

- वाल्मिकीको रामायण अनुसार सिता धर्तिमा समावेस भएपछी पनि श्रीरामले कयौं बर्ष राज्य गरेका थिए । 


- एक दिन श्रीरामसँग काल भेट्न आए । काल श्रीरामसँग कुरा गर्न चाहन्थे । कालले श्रीरामलाई भेटे र भने 'यदी तपाइँ र मबीच भएको वार्तालाप हामी अरु कसैले सुनेमा त्यसलाई रामले मृत्युदण्ड दिनुपर्ने प्रस्ताव राखे ।  तब रामले कालको प्रस्ताव स्वीकार गरे ।  


- त्यसपछि रामले आफ्नो कोठा बाहिर लक्ष्मणलाई द्वारपाल (पाले) राखेर भित्र कालसँग कुरा गरेर बसे। त्यतिकैमा ऋषि दुर्वासा रामलाई भेट्न आए । ढोकामा कुरुवा बसेका लक्ष्मणले ऋषि दुर्वासालाई भित्र जान नमिल्ने भन्दै रोके तर ऋषि दुर्वासा जसरी पनि रामलाई भेट्न पर्ने भन्दै भेट्न नदिए रामलाई श्राप दिने भनेर भाई लक्ष्मणलाई डर देखाए । जीवनभर दाईको सेवा गरेका लक्ष्मणलाई आफ्नो दाईलाई ऋषिको श्राप लागेमा अनर्थ हुने लाग्यो । तव लक्ष्मणले आफैलाई मृत्युदण्ड दिलाउने बिचार गरे अनि भित्र गए । 


- जीवनभर दाईको बचन राखेका लक्ष्मणले पहिलो पटक दाईले दिएको बचन तोडेका थिए । 

- कालसँग भएको प्रस्ताव अनुसार रामले आफ्नै भाईलाई मृत्युदण्ड दिनुपर्ने भयो । तब राम निकै दु:खि भए अनि भाई लक्षमणलाई देश छाडेर जान आग्रह गरे । तर लक्ष्मणले दाईलाई छाडेर कतै जान नसक्ने भन्दै मृत्युदण्ड दिन आग्रह गरे । तब लक्ष्मण सरयू नदी नजिक गए र संसारबाट मुक्त हुने इच्छा लिई आफ्नो दाईले काललाई दिएको दिएको बचन अनुसार आफै नदि भित्र छिरे। यसरी लक्ष्मणको जीवनको अन्त्य भयो र पृथ्वी लोकबाट दोश्रो लोकमा गए । लक्ष्मण सरयू नदीभित्र गए लगत्तै उनि अनन्त शेषको अवतारमा परिवर्तन भई विष्णु लोकमा गए । 


- लक्ष्मण गएपछि श्रीराम पनि भाईको मायाँले पृथ्वीमा बस्न सकेनन् र सरयू नदीको आन्तरिक भूभागसम्म गए । नदीमा श्रीराम अचानक गायब भए । फेरी केहि बेरमा नदीको भित्रबाट भगवान विष्णु प्रकट भए र उनले आफ्नो भक्तको दर्शन दिए । यसरी भगवान श्री रामले पनि आफ्नो मानवीय रूप त्यागेर आफ्नो वास्तविक विष्णु रूप धारण गरेर वैकुन्ठ धामतर्फ प्रस्थान गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!