रहश्यमय पुल: जहाँबाट ६०० कुकुरले आत्महत्या गरिसके (फोटो र भिडियो सहित)

Posted on: 20 Dec, 2017

एउटा यस्तो पुल जसले कुकुरहरुलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने गरेको छ । यो पुलमा जुन कुकुर पुग्छ, त्यसले एकै स्थानबाट आत्महत्या गर्ने गरेको अहिलेसम्मको रिपोर्टले प्रमाणित गरेको छ । यहाँ पुगेको कुकुर ५० फीट अग्लो ऊंचाईबाट हामफालेर आत्महत्या गर्ने गर्छन् । भाग्यले यदी कुकुर बाच्छ भने पनि फेरी त्यहि स्थानमा पुगेर फेरी हामफालेर मर्ने गरेको छ ।

स्कटल्याण्डको डन्बार्टनले नजिक मिल्टन गाउँको ओवरटन ब्रिज १९६० को दशकदेखि मानिसहरुको लागि रहश्यमय बनेको छ । अहिलेसम्म यहाँबाट करिव ६०० कुकुरहरुले आत्महत्या गरिसकेका छन् ।


जब मानिसहरुले कुकुरले आत्महत्या गर्ने बिषयमा चर्चा गरे तब यहाँ पुल नजिक कुकुर हुनेहरुले सावधान रहन भन्दै नोटिस बोर्डनै राखिएको छ । अचम्मको कुरा के पनि छ भने जतिपनि कुकुरले यहाँबाट आत्महत्या गरेका छन् सबै एकै ठाउँबाट हाम्फाल्ने गरेका छन् । केहि मानिसले यो पुलमा कुनै प्रकारको भुत-प्रेतको प्रभाव रहेको समेत विश्वास गरेका छन् ।

मानिसहरुको भनाई अनुसार १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । कहानी अनुसार उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

कुकुरले आत्महत्या गर्ने भएकाले यस पुलमा बोर्ड नै राखेर आफ्नो कुकुरलाई ब्रिजमाथि सावधानीसाथ राख्न निर्देशन् गरिएको छ । यहाँ कुकुर लिएर जानेहरुले आफ्नो कुकुरलाई बाँधेर सावधानीपुर्वक वारपार गर्ने गर्छन  ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!