सीनू कुमारीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी !

Posted on: 31 Dec, 2017

काठमाडौं । भारतकी १९ बर्षीय युवती सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ ।

उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । पेन्टीमा ब्लेड प्रुफ कपडा प्रयोग गरिएकोले काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १०० नम्बर डायल हुनेछ ।’ 

उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ । उनको अनुसार यसमा पुलिसका अलावा परिवारका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ।

सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ ।

आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!