आमालाई मन पराएका शिक्षकले आफ्नै बिद्यार्थी मारे, लास सहित स्कूल ब्याग र जुत्ता बोरामा...

Posted on: 09 Jan, 2018

पुस २५, भोपाल | भारतको मध्ये प्रदेशमा पर्ने भोपालमा एक स्कूले बालकको अपहरण पछी हत्या भएको छ । हत्याको पनि अचम्मको कारण छ । 

घटना अनुसार अपहरणमा परेका ८ बर्षीय भरत नाम गरेको बिद्यार्थीको हत्याको मुद्धामा प्रहरीले ट्यूशन पढाउने शिक्षकलाई पक्राउ गरेको छ । बिद्यार्थी सोमवार आफ्नो बहिनीसँग स्कूल गएका थिए । उनि भोपालको बैरागढस्थित क्राइस्ट मेमोरियल स्कूलमा दुई कक्षामा अध्ययनरत थिए । बोरामा बन्द अवस्थामा उनको शव सोमवार साँझ स्कूलदेखि १३ किलोमिटर पर मुबारकपुर जोडमा भेटिएको थियो । 

हत्याको बिषयमा अनुसन्धान जारीरहँदा केहि कारण भने बाहिरिएका छन् । बालक हत्याको कारणबारे बालककि आमाले बताए अनुसार ति शिक्षकले उनीसँग बदला लिन हत्या गरेको बुझिएको छ । ति शिक्षकले बालकको आमालाई मन पराएपछी सबै छाडेर आउन आग्रह गरेका थिए तर उनि नमानेपछि तेरो सबै बर्बाद गर्दिन्छु भन्दै धम्कि दिएका थिए । 

स्कुल गएको छोरा दिउसो २ बजे घर फर्किएन । छोरा घर नआए पछी स्कुल पुगेका बुबा परसुरामले स्कुलबाट छुटिसकेको बताए तर भरत घर पुगेका थिएनन् । त्यस लगत्तै प्रहरीलाई खबर गरिएको थियो । लगत्तै दिउसो ४ बजेतिर भरतको शव बोरामा भेटिएको खबर आयो । 

बोरामा भरतको स्कुल ब्याग र जुत्ता समेत फेला परेको थियो । ८ बर्षीय बालक भरतलाई जुत्ताको लेसले घाटीमा कसेर मारिएको थियो । 

माथिको तश्विरमा: एकापट्टी भरतकि आमा, अर्कोपट्टी हत्या भएका ८ बर्षीय बालक भरत 

माथिको तश्विरमा: बालकको शब बोरामा हालेर मोटरसाइकलमा लाँदै गरेका आरोपी | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!