एक लिटर इन्धनले कति उड्छ हवाईजहाज ? यात्रा गर्न कार सस्तो कि हवाईजहाज ?

Posted on: 29 Apr, 2018

तपाईलाई थाहा छ ? हवाईजहाजले १ लिटर इन्धनले कति उड्छ ? पक्कै पनि यस बिषयमा बुझेर हैरान बन्नु हुनेछ किनकि हवाईजहाज उडाउँदा हामीले सोचे भन्दा बढी इन्धन खपत हुने गर्छ । 

अन्तराष्ट्रिय हवाई जहाजले १ सेकेन्डमा ४ लिटर तेल खान्छ । यसको मतलब १ मिनेट हवाईजहाज उड्न २४० लिटर इन्धन चाहिन्छ । यसैलाई हिसाब गर्दा १ घण्टा हवाईजहाज उड्दा १४ हजार ४ सय लिटर इन्धन खपत गर्छ । 

माथिको हिसाव बोइङ ७४७ हवाईजहाजमा आधारित छ । यो विमानले १२ घण्टाको यात्रा गर्ने क्रममा १ लाख ७२ हजार भन्दा बढी लिटर इन्धन खपत गर्दछ ।


यदी किलोमिटरको हिसाव गर्ने हो भने एक किलोमिटर यात्रा गर्न बोइङ ७४७ ले १२ लिटर इन्धन खपत गर्ने गर्छ । बोइङ ७४७ ले ५६८ जनासम्म म्यात्रु बोक्न सक्छ ।  यदी ५०० यात्रु प्लेनमा छन् भने एक किलोमिटर यो प्लेन उड्दा १२ लिटर खर्च गर्छ । यसलाई हिसाब गर्दा यो प्लेनमा यात्रा गर्ने प्रति व्यक्तिले एक किलोमिटर उड्न ०.०२४ लिटर भाग लाग्छ । यसको मतलब १ लिटर इन्धनले १ जना व्यक्ति झन्डै ४२ किलोमिटर उड्न सक्छ । 

यदी एक जना व्यक्ति कारमा कतै जाँदैछ भने उसको कारले प्रति १५ किलोमिटर १ लिटर इन्धन खपत गर्छ । यसैलाई आधार मान्ने हो भने हवाईजहाज कार भन्दा निकै सस्तो पर्छ । त्यसमा पनि समयलाई आधार मान्ने हो भने कारमा यात्रा गर्दा १०० किलो मिटर प्रति घण्टा मात्र दुरी पार गर्न सकिन्छ भने बोइंग ७४७ मा उड्दा १ घण्टामा ९०० किलोमिटर प्रतिघन्टा दुरी पार गर्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!