विश्वविद्यालयमा प्रोफेसरले छोटो कपडा लगाएको भन्दै कच-कच गरेपछि कक्षामै...

Posted on: 14 May, 2018

वैशाख ३१, अमेरिका (एजेन्सीको सहयोगमा) | अमेरिकाको चर्चित केर्नेल विश्वविद्यालयमा विद्यार्थीले कक्षामै आफुले लगाएको कपडा खोलेर अनौठो प्रदर्शन देखाएकी छन् । 

लेटिटिया चेई नाम गरेकी ती छात्रा छोटो कपडा लगाएर कक्षामा पुगेकी थिइन् । विद्यालयको मर्यादालाई उल्लंघन गरेर छोटो कपडा लगाई आएको भनी उनीमाथि कक्षामा पढाइरहेका प्रोफेसरले टिप्पणी गरेपछि सहन नसकेर ति छात्राले आफूले लगाएको कपडाहरु एकपछि अर्को गर्दै खोलेर निर्वस्त्र बन्न लागिन् ।

प्रोफेसर रेबेका मगारले उनको पहिरनका विषयमा आलोचना गरेका थिए । यसअघि पनि प्रोफेसर मगारले लेटिटियामाथि उनको पहिरनको विषयलाई लिएर बेला बेलामा कचकच गर्ने गरेका थिए । यसपटक भने उनले कक्षामा आफ्नो पहिरन बिरुद्ध प्रोफेसरले आलोचना गरेपछि रिस सहन नसकेर उनले जिउमा लगाएका सबै कपडा प्रोफेसरकै अगाडि खोलिदिइन् ।

आफ्नो साथीले कक्षाकोठामै कपडा फुकाल्न थालेपछि साथी विद्यार्थीहरु निकै असमन्जसमा परे । प्रोफेसर झनै ट्वाँ परेका थिए । 


यसरी कपडा फुकालेपछि उनले साथीहरुतर्फ हेरिन् अनि रुँदै सोधिन्, मैले के तपाइँहरुलाई नैतिक रुपमा कुनै नोक्सानी पर्याएँ ? ’त्यसपछि उनी आफ्ना कपडा समातेर कक्षाबाट बाहिर गइन् ।

लेटिटियाले आफूले प्रोफेसरको टिप्पणीमाथि कपडा फुकालेर विरोध जनाएको कुराको आफ्नै फेसबुकमार्फत पनि खुलासा गरेकी छन् ।


उनको विरोध प्रदर्शनको कतिपय छात्रले समर्थन गरेका छन् । प्रोफेसरको समर्थन गर्नेहरुले चाहिँ चेईले आफ्नो नैतिक दायरा नाघेको जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!