सत्तरी वर्षको उमेरमा एक महिला गर्भवती

Posted on: 23 May, 2018

एजेन्सी | सामान्य मान्छेलाई ७० बर्षको उमेरमा हिड्डुल गर्न समेत गारो हुन्छ |

तर मेक्सिको सिनालोआमा बस्ने एक महिला ७० बर्षको उमेरमा गर्भवती भएकी छिन् | मरिया दि लालुस नाम गरेकी उक्त महिलाले बिगत ६ महिना देखि यो कुरा लुकाएकी थिईन् | 


उनि सात वटाबच्चाकी आमा रहेकी छिन् | उनी केहि महिनादेखि खुटा दुखेको बहाना बनाइरहेकी थिईन् | १० चोटी फरकफरक ठाउँमा सोनोगार्फिक गर्दा उनको पेटमा छोरी रहेको जानकारी बाहिर आएको छ | उनले आफु गर्भवती कसरी भएको भन्ने बारेमा भने जानकारी दिएकी छैनन् | 

उनी भन्दा पहिले पन्जाबकि दल्जिंदर कौर २०१६ मे मा ७० बर्षको उमेरमा गर्भवती भएकी थिईन् | यदी लालुसले बच्चाको जन्म दिईन् भने दल्जिंदर कौरको वर्ल्ड रेकड तोडिनेछ | डाक्टरको अनुसार उनले बच्चा जन्माउनको लागि सिजेरियनको साहारा लिनुपर्ने देखिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!