आलु रोप्ने क्रममा खप्पर भेटियो, श्रीमती बोलिन् 'डराउनु पर्दैन यो मेरो पहिलो श्रीमान हो !'

Posted on: 08 Jun, 2018

जेठ २५, एजेन्सी | साइबेरियामा एउटा यस्तो घटना घटेको छ, जसले जो कोहीलाई पनि एक पटक अचम्म बनाइदिन्छ । 

घटना साइबेरियास्थित लूजिनो क्षेत्रमा घटेको हो । एक जना व्यक्ति घरको करेशाबारीमा आलू लगाईरहेका थिए । तब खन्दै गर्दा अचानक माटोमा गाडिएको अवस्थामा मानिसको खप्पर बाहिर निस्कियो । आफ्नो बारीमा खन्दै गरेका ति व्यक्तिको होस-हवासनै उड्यो । आफ्नो श्रीमान डराएको देखेर पछाडीबाट ति व्यक्तिकि श्रीमतीले जवाफ दिइन्- 'डर मान्नुपर्दैन यो मेरो पहिलो श्रीमानको खप्पर हो । जसलाई २० बर्ष पहिले मैले मारेको थिएँ ।' 


आफ्नो श्रीमतीको प्रतिक्रिया सुनेर ति व्यक्ति झनै डराए । ति व्यक्ति आफुले भेटेको खप्परदेखि  भन्दा आफ्नो श्रीमती देखेर अचम्मित र भयावित भए । श्रीमतीले ति व्यक्तिलाई भनिन् - 'यो कुरा २० बर्ष पुरानो हो । मेरो पहिलो श्रीमान निकै रक्सि पिएर आएको थियो, तब रिसको झोकमा मैले उसलाई मारें ।' यति भन्दै गर्दा पनि ति व्यक्ति झन्डै डराएपछी ६० बर्षकी ति महिलाले आफ्नो श्रीमानलाई शान्त पार्न खोज्दै भनिन् -'अब सबै कुरा बिर्सनुस ।'

तर ति व्यक्ति सिधै प्रहरीकहाँ पुगेर आफ्नो श्रीमतीको बारेमा प्रहरीलाई सूचना दिए । तब प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीको पक्राउ संगै ति ६० बर्षीय महिलाले प्रहरीलाई आफूले गरेको गल्ति स्वीकार गरेकी छन् । प्रहरीले खप्पर निस्केको स्थानमा खोतल्दा पुरै मानव कंकालको हड्डिहरु बरामद गरेको छ । 


प्रहरीले बताए अनुसार महिलाले ५२ सालका पहिलो श्रीमानलाई टुक्रा-टुक्रा पारेर गाडेकी थिइन् । त्यस पछी उनले लास गाडेको स्थान माथि आलू खेति गर्न थालेकी थिइन् । जब छिमेकीहरुले महिलासँग उनको श्रीमानबारे सोध्थे, तब उनले आफ्नो श्रीमान कामको शिलशिलामा कतै गएको बताउँदै आएकी थिइन् तर ति पहिलो श्रीमान फर्केर आएनन् । किनको त्यसको रहश्य अर्कै थियो । 

प्रहरीका अनुसार महिलाले गरेको अपराध निकै गम्भीर हो र उनलाई १० बर्षको जेल सजाय हुनसक्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!