विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु, यसरी गर्थ्यो भविष्यवाणी

Posted on: 06 Jul, 2018

असार २२, काठमाडौं । रुसमा जारी विश्वकप खेलको भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ । 


भविष्यवाणी गर्नका लागि बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्थ्यो । जुन कचौराको खाना बिरालोले खान्थ्यो त्यही टोलीले जित्ने भविष्यवाणी गरिन्थ्यो । सोही क्रममा ६ वटा खेलको भविष्यवाणी मिलेको थियो । त्यसैले पनि उक्त बिरालो चीनमा निकै लोकप्रिय बनेको थियो ।

बिरालाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!