यस्तो बजार, जहाँ आफुलाई मनपरेको दुलही किन्न पाइन्छ

Posted on: 13 Jul, 2018

एजेन्सी। सामान्यतया हामी बजारमा आफूलाई आवस्यक परेका वस्तुहरु किन्न जान्छौं । तर के तपाइँ सोच्न सक्नुहुन्छ कुनै बजारमा दुलही पनि बिक्री हुन्छन् ? बुल्गेरियामा यस्तो हुन्छ । यहाँको स्तारा जागोर नामको ठाउँमा हरेक वर्ष ४ पटक दुलहीको बजार लाग्छ ।

यहाँ आएर युवकहरुले मनपर्ने दुलही किनेर बिहे गर्न सक्छन् । यहाँ मेला यस्ता गरिब परिवारले लगाउँछन् जसको आर्थिक हैसियत निकै कमजोर हुन्छ र उनीहरुले छोरीको बिहेको खर्च उठाउन सक्दैनन् । बजारमा युवतीहरुलाई बेहुलीको पोसाकमा सजाएर लगिन्छ । बिक्रीमा लागि हरेक उमेरका युवती र महिलाहरु उपलब्ध हुन्छन् । दुलही किन्नको लागि युवकको साथमा उनको परिवार पनि पुग्छन् ।

युवकले पहिले मन परेकी बेहुली रोज्छन् त्यसपछि उनलाई दुलहीसँग कुरा गर्ने मौका दिइन्छ । युवती मन परेपछि उनलाई आफ्नो पत्नी स्वीकार गर्छन् र युवतीको परिवारलाई उनको मूल्य बराबरको रकम दिन्छन् । दुलही किन्ने यो चलन कैयौं वर्षदेखि चलिआएको छ । यो बजार यहाँको कलाइदझी समुदायले लगाउँछन् । यहाँ बेहुली किन्न भने यही समुदायका युवकले मात्र पाउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!