प्रेमीसँग रंगेहात भेटिएकी महिलाले पतिकै लिंग टोकेर चुँडाइदिइन्

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौं । एक भारतीय महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छिन् । 

दक्षिण भारतको भेल्लोर जिल्लाको एक गाउँमा बस्ने ४५ बर्षीया जयन्ती नामकी महिलालाई पतिको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाइएको छ । उनलाई श्रीमानले प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेपछी रिसको झोकमा पतिकै लिंग टोकेर छिनालीदिएकी हुन् ।

स्थानीय प्रहरीका अनुसार उनी आफ्नो पति ५५ वर्षीय सेन्तामराइसँग गाँउ नजिकैको थुराइमोला गाउँको मन्दिरमा लागेको मेलामा गएकी थिइन् । मेला चलिरहेको बेलामा दिउँसो साँढे एक बजेतिर जयन्तीले पतिसँग फ्रेस हुन बाहिर जान्छु भनेर गइन् ।

फ्रेस हुन भनेर गएकी पत्नी जब धेरैबेरसम्म फर्किइनन्, सेन्तामराइ पत्नीलाई खोज्न मन्दिरबाट बाहिर निस्किए । त्यसक्रममा उनले आफ्नी पत्नीलाई अर्कै गाउँका धनचनमुर्तीसँग आपत्तिजनक अवस्थामा भेटे ।

उनले दुवैलाई समातेर उनीहरुको अवैध सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिने धम्की दिए । तीन जनाबीच घम्साघम्सी हुँदा सेन्तामराइको धोती खुस्कियो । घटना सार्वजनिक भएमा आफ्नो बेइज्जत हुने र उस्तै परे आक्रोशित गाउँलेहरुबाट पिटाई खाने डरले जयन्तीले पतिको लिंग टोकिदिइन् र क्षतविक्षत बनाइदिइन् ।

उनले यति जोडले टोकिदिइन् कि लिंगको केहि भाग नै चुँडियो र पति पीडाले छटपटाउन थाले । त्यही मौकामा जयन्ती र उनका प्रेमी भने त्यहाँबाट भाग्न सफल भए ।

सेन्तामराइलाई अरुले चेन्नईको एक अस्पतालमा लगियो । त्यहाँ उनको उपचार भइरहेको छ । प्रहरीले धनचनमुर्तीको मोबाईल फोन ट्रयाक गरेर जयन्तीलाई पक्राउ गरेको छ र उनले अपराध गरेको स्वीकारेकी छिन् । उनलाई भेल्लोर महिला जेलमा राखिएको छ । 

डेलीमेलबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!